असार २८, २०८२ शनिबार July 12, 2025

जीवन उपयोगी शिक्षाका लागि योजनावद्ध काम गर्नु आवश्यक छ : सभामुख मण्डल

सरकारले टोल टोलमा समुदायिक विद्यालय निमार्ण गरे पनि विद्यालयमा विद्यार्थीको अभावले समुदायिक विद्यालय माथिको विश्वास गुम्दै गए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा, जेठ २४ गते। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले तीन तहका सरकारले जीवन उपयोगी शिक्षाका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार आसमान नेपालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले शिक्षा क्षेत्रमा रहेका विकृतीको अन्त्य गरी जीवन उपयोगी शिक्षा प्रदान भएमा बेरोजगारी समस्या समाधान हुने र यसले देशको अर्थ व्यवस्थामा समेत सकारात्मक असर पुग्ने बताउनुभयो।

सभामुख मण्डलले सरकारले टोल टोलमा समुदायिक विद्यालय निमार्ण गरे पनि विद्यालयमा विद्यार्थीको अभावले समुदायिक विद्यालय माथिको विश्वास गुम्दै गएको कुराको पुष्टी गरेको बताउनुभयो।

उहाँले शिक्षा क्षेत्रमा आसमान नेपालले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादवले शिक्षाक्षेत्रमा सुधार नभए समाज रुपान्तरण हुन नसक्ने भएकोले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेकोमा जोड दिनुभयो।

आसमान नेपालका अध्यक्ष राम प्रवेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवल यादव सहित एक दर्जन गैरसरकारी संघ संस्थाको प्रमुखलाई सम्मान गरिएको थियो।

विगत २५ वर्षदेखि आसमान नेपालले शिक्षा, वाल अधिकार, पोषण, स्वास्थ्य, महिला सशक्तिकरण  सहितको विषयमा गर्दै आएको कामकाजको समीक्षा गर्नुकोसाथै समारोहबाट भावी कार्य योजना तयार गरिने आसमान नेपालका उमेश मण्डलले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न किसिमका जनचेतना मुलक नाटकको प्रदर्शन गरिएको थियो। धर्मेन्द्र झा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार