श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘काठमाडौँ महानगरपालिका, पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु

खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ ।

नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार के. सी. शुभारम्भ अवसरमा सहभागी भएका थिए । त्यस क्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक के. सी. ले, क्युबलले ब्रेक गरेका थिए ।

त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, युवाहरुका बिचमा लोकप्रिय खेलका रुपमा परिचित स्नुकरलाई रचनात्मक विकासमा उपयोग गर्न लागिएको बताइन् । यस्तै सामाजिक समितिका संयोजक के. सी. ले, महानगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै गएको र यसबाट युवाहरुलाई सिर्जनशील हुन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो । ‘अनुशासन, धैर्यता, एकाग्रता र व्यवहारिक सिपयुक्त यो खेल राष्ट्रिय खेलका रुपमा स्थापित हुन सकेको छैन ।’ मुल्मीले भने, ‘खेलाडीहरुले अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपाल अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपका दृष्टिले १६ औँ उत्कृष्ट स्थानमा छ । खेलको विकास र विस्तारका लागि प्राप्त सहयोगबाट स्नुकर राष्ट्रिय खेलका रुपमा स्थापित हुनेछ ।’

महानगरपालिकाको नेतृत्व युवाको हातमा पुगेकोले स्नुकरले स्थान पाएको बताउँदै अध्यक्ष मुल्मीले, महानगरपालिकाको लगानीबाट युवाहरुमा सकारात्मक उर्जा प्रवाह भएको उल्लेख गरे ।

खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५-१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार