असार २८, २०८२ शनिबार July 12, 2025

काठमाडौँ विश्वविद्यालयमा नेविसंघद्वारा ८ बुँदे माग सहित रिले अनसन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ बुँदे माग राख्दै काठमाडौँ विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ ।

पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा सञ्चालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन, पुनर्योग र पुनः परीक्षणपछि प्राप्ताङ्कको प्रकाशन १ हप्ताभित्र हुनुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने, मौका परीक्षाको हकमा परीक्षाफल प्रकाशन भएको एक महिनाभित्र परीक्षा हुनुपर्ने लगायतका माग राखेको छ ।

भर्खरै सम्पन्न भएको एमबीबीएस स्नातक तहको परीक्षामा तेस्रो वर्ष पाँचौँ वर्षको विद्यार्थीहरूको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीरतापूर्वक छानबिन हुनुपर्ने र संलग्नलाई कारबाहीको माग गर्दै रिले अनसन बसेको नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराईले बताए ।

नेविसंघले आन्दोलन थालेपछि चौथो वर्षको विद्यार्थीको अन्तिम परीक्षाफल ट्रान्सक्रिप्ट माइग्रेसन लगायत शैक्षिक प्रमाणपत्र प्रदान गर्न थालेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार