श्रावण ३१, २०८३ आइतबार August 16, 2026

महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोधारा चाँदनी (कञ्चनपुर),२६ जेठ ः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरेको छ ।
आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले भन्नुभयो, “सजह रुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एंव औषधि वितरण गरेका हौँ ।”

महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । “यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सकको स्वास्थ्य शिविर आयोजना गरेका थियाँै ।” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।”

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत |  Madhyantar

महाकाली अञ्चल वाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिँदा थप सहयोग पुगेको बताउनुभयो । “अनाथालय दाताको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधि उपचार गरिदिँदा सहज भएको छ ।” उहाँका अनुसार अनाथालयमा २५ जना बालबालिका रहेका छन् । उहाँहरुको पालनपोषण दाताकै भरमा भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार