श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रधानमन्त्री कप भलिबल : महिलातर्फको उपाधि पुलिस क्लवले जित्यो

पुरुष तर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।

पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लव बुटवललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो । शनिवार नै भएको पुरुष तर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ ।

गण्डकी प्रदेशलाई हेल्प नेपालले ३—१ ले पराजित गरेको हो । गण्डकीलाई हेल्प नेपालले २५—२२, २५—२०, २५—२०, २५—२० को सेटमा पराजित गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया