श्रावण ३१, २०८३ आइतबार August 16, 2026

१५ शय्याको पालिकास्तरीय आधारभूत अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै

सम्भव नेपाल संस्थाले ९० लाख बराबरको स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको निगरानीमा राख्ने मेसिन पनि थप उपलब्ध गरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुलीकोट, जेठ २६ गते । गोरखाको आरुघाट गाउँपालिकामा १५ शय्याको पालिकास्तरीय आधारभूत अस्पताल सञ्चालनमा आएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको हो ।

१५ शय्याको अस्पताल सञ्चालन आएसँगै सम्भव नेपाल संस्थाले उच्च स्तरको स्क्सरे मेसिन, थाइराइड जाँच र ल्याबको सेवा गाउँपालिकालाई सहयोग गरेपछि आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धादिङको दुई पालिका त्रिपुरा सुन्दरी गाउँपालिका र गङ्गा जमुना गाउँपालिकाको नागरिकहरूलाई प्रत्यक्ष लाभान्वित भएका पालिका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले जानकारी दिनुभयो ।

आधारभूत अस्पताललाई सम्भव नेपाल संस्थाले लगभग ९० लाख बराबरको स्वास्थ्य सामग्रीसहित बिरामीलाई २४सैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने मेसिन पनि थप उपलब्ध गराएकाले पनि बिरामीको सङ्ख्या अहिले दुई सयदेखि दुई सय ५० सम्म बिरामी परीक्षणका लागि आउने गरेको उहाँले बताउनुभयो ।

१५ शय्याको पालिकास्तरिय आधारभूत अस्पताल भर्खरै मात्र उद्घाटन भएर सञ्चालन आएको एक हप्तामा अत्यधिक मात्रामा बिरामी बढेका हुन् । आरुघाट आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१ अनुसार अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार