असार ३२, २०८२ बुधबार July 16, 2025

गाजामा हवाई आक्रमण,२१० प्यालेस्टाइनीको मृत्यु,४ सय बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा शनिवार घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।

ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ। आक्रमणमा परी ४ सय भन्दा बढी घाइते भएका छन्।

प्यालेस्टिनी मेडिकल रेकर्डकाे अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडित रहेका थिए।

मध्य गाजाको देइर अल-बालाहस्थित अल-अक्सा अस्पतालका निर्देशक खलिल अल-डाक्रानले नुसेइराट शिविर र देर अल शहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो।

जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ। मुख्य आपतकालीन जेनेरेटर चलाउन ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया