श्रावण १२, २०८१ शनिबार July 27, 2024

यू–१९ सुदूरपश्चिम छनोटमा कैलाली विजयी

समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी । वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा कैलाली विजयी भएको छ ।

आज सम्पन्न खेलमा कैलालीले अछामलाई आठ विकेटले हरायो । अछामले दिएको एक सय एक रनको लक्ष्य कैलालीले दुई विकेटको क्षतिमा पूरा गर्‍यो । कैलालीका लागि क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे । अछामका युवराज खत्री र निराजन गौतमले एक÷एक विकेट हात पारे ।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव दुई ओभरमा एक सय रनमा अलआउट भयो । उसका लागि रविन भण्डारीले ४३ रन जोडे भने अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका दीपक रोकाया एक्लैले छ विकेट हात पारे । खेलका प्लेयर अफ द म्याच समेत चुनिएका दीपकले आठ दशमलव दुई ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए ।

प्रतियोगिताअन्तर्गत भोलि कञ्चनपुर र बझाङबीचको खेल हुनेछ । समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

यही जेठ २० गतेदेखि सुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको फाइनल आगामी असार १ गते हुने प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताउनुभयो । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार