जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद्मा दुई मन्त्री नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप हुनुभएका दुई त्रिभुवन साह वन तथा वातावरणमन्त्री र सकिल मिया विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।
नियुक्त हुनुभएका दुई मन्त्रीहरूलाई प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । थप दुई मन्त्रीसहित मधेस प्रदेश सरकारको मन्त्रीमण्डल १६ सदस्यीय पुगेको छ ।
थप भएका दुवै जना मन्त्री जनमत पार्टीका हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया