असार १२, २०८१ बुधबार June 26, 2024

नेपालका ६९ जिल्लामा डेंगु संक्रमण फैलियो

एक हजार १०५ जनामा डेंगु संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा ६९ वटा जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगु संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।

गत वर्ष ५२ हजार ७९० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया