असार २३, २०८२ सोमबार July 7, 2025

सङ्घीय अस्पतालका सघन उपचार कक्ष सुधार गर्न संसदीय समितिको निर्देशन

अछामको बयलपाटा अस्पतालका लागि प्रदेश सरकारबाट बजेट विनियोजनको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका सङ्घीय अस्पतालमा रहेका सघन कक्ष (आइसियु) र अति सघन कक्ष (सिसियु)को अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
.
समितिको आजको बैठकले वीर अस्पतालमा रहेका आइसियु, सिसियु बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सञ्चालनको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति अम्मरबहादुर थापाले उपत्यकाका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालको अवस्था र सेवा प्रवाहबारे समितिले अनुगमन गर्ने र स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अघि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा उक्त मन्त्रालयको अवस्था, कार्यप्रगति र चुनौतीबारे छलफलपछि समितिले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार एवं सेवा प्रभावकारिताका लागि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
यसैगरी समितिले अछामको बयलपाटा अस्पतालका लागि प्रदेश सरकारबाट बजेट विनियोजन नहुँदा सञ्चालन व्यवस्थापनमा कठिनाइ भएकाले विशेष अनुदानको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा मन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले देशका दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकलाई परिचालनमा देखिएको समस्याबारे समितिसमक्ष गुनासो गर्नुभयो । “देशमा तीन तहका सरकार छन् तर सबै तहले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन्”, मन्त्री यादवले भन्नुभयो, “चिकित्सकलाई दुर्गम पठाउँदा दबाब र प्रभाव आउने अवस्था छ । सबै चिकित्सक सुगम जाने भए दुर्गममा कसले सेवा दिने ? यस्ता विषयमा पनि अब हामीले गम्भीर बन्नुपर्ने आवश्यकता छ ।” उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभावपूर्ति गर्नका लागि जनशक्ति थप्न आवश्यक पहलका लागि समितिलाई अनुरोधसमेत गर्नुभयो ।
मन्त्री यादवले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय प्रयासरत रहेको र सङ्घीय अस्पताल, औषधि व्यवस्था विभाग र स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार