श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार

प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन्।

नेपालको संविधानको धारा १६८को उपधरा (९)बमोजिम गरिएको नियुक्ति र कार्यविभाजनअनुसार सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्रीमा र ओमविक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। यसैगरी अक्कलबहादुर रावल, वीरबहादुर थापा, लक्ष्मी विक, माया पन्त र हीरा सार्की विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराए।

मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा पहिले नै नियुक्त भएका थिए।

आर्थिक मामिला मन्त्रीमा नियुक्त पाल तथा विनाविभागीय मन्त्रीमा नियुक्त थापा र सार्की नेकपा (एमाले), समाजिक विकास मन्त्रीमा नियुक्त भाट, विनाविभागीय मन्त्रीमा नियुक्त रावल र विक नेकपा (माओवादी केन्द्र) तथा विनाविभागीय मन्त्री माया पन्त नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नियुक्त भएका हुन्। भौतिक पूर्वाधारमन्त्री चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री थापा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर छन्। उक्त पार्टीका अन्य पाँच सदस्य भने प्रतिपक्षीको भूमिकामा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार