श्रावण १२, २०८१ शनिबार July 27, 2024

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल

भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ ।

भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट आपसीहितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गनिर्देश गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भ्रमणका क्रममा आफू भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएको जानकारी दिनुभयो । “समारोहपश्चात् भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी भएँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसअघि भारतका राष्ट्रपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ तथा प्रधानमन्त्री मोदीसँग भेटघाट भयो ।”

प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँगको भेटघाटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक नियमित गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यलगायत विषयमा गहन कुराकानी भएको बताउनुभयो ।

आज भारतका राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको बताउनुभयो ।

आजै भारतका नवनियुक्त सङ्घीयमन्त्री डा एस जयशङ्करले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदानप्रदान भएको स्पष्ट पार्नुभयो ।

नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने विश्वास दिलाउनुभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहाल मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार