माघ ५, २०८१ शनिबार January 18, 2025

फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग खेल्दै

साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११:४५ बजेदेखि सुरू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११:४५ बजेदेखि सुरू हुनेछ ।

यसअघि नेपालले यही मैदानमा यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाँच खेल खेल्दा अंकविहीन रहँदै नेपाल तालिकाको पुछारमा छ । छनोटको दोस्रो चरणमा हालसम्म १८ गोल बेहोर्दा नेपालले एक गोल पनि गर्न सकेको छैन ।

जितविहीन नेपाल आज यमनलाई हराउदै सुखद् अन्त्यमा गर्न चाहन्छ । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ ।

यसअघि दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया