श्रावण ३१, २०८३ आइतबार August 16, 2026

हेटौंडा अस्पतालमा आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास

प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं २९ जेठ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा पहिलो पटक आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ ।

जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पतालको आयोजनामा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो ।

प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो ।

भीमफेदी १ त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटना मार्फत् घाइतेको उद्धार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीहरुको परिचालन, उपचार, लगायतका बिषयमा अभ्यास गरिएको थियो । अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो ।

करीब दुई घण्टा भएको ड्रील अभ्यासले आपत्तकालिन अवस्थामा अस्पतालले कसरी सेवा प्रभाव गर्ने भन्नेबारेमा जानकारी मिलेको सहभागि स्वास्थ्यकर्मीले बताएका छन् ।

यस्ता अभ्यासले ठूला दुर्घटना तथा प्रकोपका समयमा नआतिकन काम गर्न मद्धत मिल्ने हेटौंडा अस्पतालका निर्देशक डा. श्रीधर अर्यालले बताउनुभयो । ड्रिलका क्रममा भएका कमि कामजोरीलाई सुधार गर्दै लैजाने उहाँले बताउनुभयो । ड्रिल अभ्यासको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, सञ्चारकर्मी लगायतले अवलोकन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार