असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो ।

अदालतले जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिनेछ । गिरी यसअघि जेठ १३ गते दोषी ठहर भएका थिए । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध बिच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार