मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईसीसी टी-२० विश्वकप : नामिबियालाई ९ विकेटले हराउँदै अस्ट्रेलिया सुपर आठमा

आज राति नेपाली समयअनुसार सवा ८ बजे आयोजक अमेरिका र भारत खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ ।

नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभिड वार्नरले २० रन बनाए । त्यस्तै ट्रभिस हेडले ३४ र कप्तान मिचेल मार्सले अविजित १८ रन बनाए । नामिबियाका डेभिड विसेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा ७२ रनमा अलआउट भएको थियो । नामिबियाका कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए ।

समूह ‘बी’ मा रहेको अस्ट्रेलिया तीन खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा पाँच अङ्क रहेको स्कटल्यान्ड दोस्रो र तीन खेलमा दुई अङ्क रहेको नामिबिया तेस्रो स्थानमा छ । दुई खेलमा एक अङ्क रहेको इङ्गल्यान्ड चौथो र ओमान तीन खेलमा अङ्कविहिन हुँदै पाँचौँ स्थानमा छ ।

यसअघि समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । आज राति नेपाली समयअनुसार सवा ८ बजे आयोजक अमेरिका र भारत खेल्दैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार