असार ९, २०८१ आइतबार June 23, 2024

पुलमा आवतजावत बन्द भएपछि दैलेख र अछामका विद्यार्थी प्रभावित

जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवागमन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अछाम -जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिंडाउँदा आइतवार पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको पुलमा आवागमन बन्द गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।

विद्यार्थी पनि समस्यामा परेका छन् । प्राविधिक जाँच, मूल्याङ्कन एवम् परीक्षण नगरी यो पुलबाट मानिसको आवतजावत जोखिम भएकाले तत्कालका लागि पुलको प्रयोगमा रोक लगाएको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो ।

पुलमा आवतजावत बन्द भएपछि दैलेख र अछामका विद्यार्थी प्रभावित भएका छन् । अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रिनर्सरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ ।

जीर्ण पुलको तत्काल मर्मत तथा झण्डै दुई सय मिटर हाराहारीमा रहेको अर्को पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबीस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल तत्काल निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।

आइतवार खाद्यान्न बोकेका १४ खच्चड पुलमा फसेका थिए । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले १२ वटा खच्चडको जीवितै उद्धार गरेका थिए । दुई वटा खच्चड मरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै
२०८१ असार १०, सोमबार
कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
२०८१ असार ९, आइतबार
कित त्यागे सुशील प्याकुरेलले राजदुत पद ?
२०८१ असार ९, आइतबार
लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
२०८१ असार ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
२०८१ असार ९, आइतबार
लोकतन्त्रका लाभहरु सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
२०८१ असार ९, आइतबार
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन
२०८१ असार ९, आइतबार