माघ १२, २०८१ शनिबार January 25, 2025

युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै

अङ्क गणितीय आधारमा स्कटल्यान्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः युरो कप फुटबलमा आज एकै समयमा दुई वटा खेल हुँदैछन् । फ्र्याङ्कफर्टमा राति पौने १ बजे समूह ‘ए’ का स्विट्जरल्यान्ड र जर्मनी खेल्दैछन् ।

जर्मनी २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । जर्मनी अन्तिम १६ मा पुगिसकेको छ । स्विट्जरल्यान्ड २ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो छ ।

यस्तै राति पौने १ बजे नै स्टटगार्टमा यही समूहका स्कटल्यान्ड र हङ्गेरी खेल्दैछन् । स्कटल्यान्ड २ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ । अङ्क गणितीय आधारमा स्कटल्यान्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । हङ्गेरीले यसअघिका दुवै खेल हारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया