माघ २८, २०८१ सोमबार February 10, 2025

यु–१५ विद्यालय खेलकुदमा अनुज र सरितालाई स्वर्ण

लङजम्पतर्फ छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन्। लङजम्पतर्फ छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन्।

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे। सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशकाश्लोक हरिजनले कांस्य जिते। सरिताले ४.६१ मिटर जम्पगरिन्।

यस्तै टेबलटेनिसतर्फ बागमती प्रदेशका जयस्नु महर्जनले स्वर्ण जितेका छन्। पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे।

गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसँग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया