जेठ ७, २०८२ बुधबार May 21, 2025

बागमती प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना स्वीकृत भएको छ । शुक्रवार बिहान बसेको  मन्त्री परिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना २०८१/८२ देखि २०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ र आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया