असार २८, २०८२ शनिबार July 12, 2025

साइबर अपराधको विषय पाठ्यक्रममै समावेश हुनुपर्छ – ब्युरो प्रमुख अर्याल

बालबालिकामाथि हुने हिंसा र यौन दुर्यवहारका घटनामा कमी ल्याउन पाठ्यक्रममै साइबर अपराधको विषय समेटिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३२ जेठ । पछिल्लो समय बालबालिकामाथि डिजिटल माध्यमबाट यौन हिंसा हुने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार राजधानीमा गैरसरकारी संस्था सिविन नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न डिजिटल माध्यमबाट बालबालिका यौन दुर्व्यवहारमा पर्ने क्रम बढ्दो रहेकोप्रति सरोकारवालाबाट चिन्ता व्यक्त गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरीका साइबर ब्युरो प्रमुख नविन्द अर्यालले यस आर्थिक वर्षमा हालसम्म १७ हजार ५ सय साइबर अपराधका मुद्दा दर्ता भएकोमा तीमध्ये ४ सय ७८ घटना बालबालिकासँग सम्बन्धित रहेकाे बताए। यसले पछिल्लो समय बालबालिकाहरू साइबर अपराधको जोखिममा पर्दै गएको देखाएको उनको भनाइ छ।

‘तीन वर्षमा साइबरको दुरुपयोग गरेर विभिन्न हिंसामा परेका ७९ बालबालिकाको उद्धार गरिएको छ। बालबालिका साइबर अपराधसम्बन्धी अनभिज्ञ हुनु, देखासिकीलगायत कारणले उनीहरू साइबर अपराधको जाेखिममा परेका छन्,’ अर्यालले भने।

बालबालिकामाथि हुने हिंसा र यौन दुर्यवहारका घटनामा कमी ल्याउन पाठ्यक्रममै साइबर अपराधको विषय समेटिनुपर्ने उनको सुझाव छ। ‘हामीले स्कुल तहबाट नै बालबालिकालाई यस्तो गरे साइबर अपराध हुन्छ। यस्ता क्रियाकलाप गर्नुहुँदैन भन्ने ज्ञान दिनसके मात्र न्यूनीकरण सहज हुन्छ। नत्र दिनहुँ बढ्दो नेट इन्टरनेटको प्रयोगले कमी आउने सम्भावना छैन’, उनले भने।

कार्यक्रमममा सिविनकी कार्यकारी निर्देशक सुम्‍निमा तुलाधरले आफ्ना बालबालिकामाथि कसैले इन्टरनेटका माध्यमबाट यौनजन्य क्रियाकलाप गरिरहेका त छैनन् भन्ने विषयमा अभिभावक चनाखो हुनुपर्ने बताइन्। यसका साथै सरकारले पनि बालबालिकाकाे क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा उनले व्यक्त गरिन्। सहभागीहरूले सरकारले समयानुसार कानुन बनाएर बालबालिकामाथि हुने साइबर अपराध रोक्नुपर्नेमा जोड दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार