असार ३२, २०८२ बुधबार July 16, 2025

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा दोस्रो पटक निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा फेरि निर्वाचित भएका छन् ।

दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको छ।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन्।

विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरे। उनले भने, “नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन्।”

चर्को राजनीतिक नाटकका बीचमा यो सम्झौता भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई “उल्लेखनीय कदम” भनेका छन्।

रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरे। उनी फेरि अध्यक्ष बन्न सफल भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया