काठमाण्डाैंः राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ ।
नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी राजबहादुर सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए ।
२०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका उनी राखेपको सातौं सदस्य सचिव समेत रहेका सिंहलाई नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।
औपचारिक रूपमा नेपाली राष्ट्रिय टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खाँ गोल्डकपका उनी एक सदस्य थिए । त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तान रहेको बंगलादेशको ढाकामा सन् १९६३ मा भएको थियो ।
घरेलु फुटबलमा भने उनले एनआरटी र विद्याव्यायाम मन्दिरका लागि खेले । उनको शनिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया