असार २८, २०८२ शनिबार July 12, 2025

काठमाण्डौमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी हुँदै

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मङ्गलवार काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ ।

चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने आयोजक कमिटीले जनाएको छ ।

नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार ३१ वटा विश्वविद्यालयका स्टल रहने, प्रत्येक स्टलमा नेपाली विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनुहुनेछ । मङ्गलवार बिहान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ ।

“प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइए छ । प्रदर्शनीमा सहभागी भई आफ्ना छोराछोरीको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकसँग अनुरोध गर्दछौँ,” साहले भन्नुभयो, “साथै विद्यार्थी स्वंय उपस्थित भई उच्च शिक्षाबारे आवश्यक जानकारी लिउन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।”

उहाँले चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको साहले जानकारी दिनुभयो । “चीनमा एक सय ६० देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ,” उहाँले भन्नुभयो, “पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएका छौँ ।”

यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार