कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

श्रममन्त्री अर्यालद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले माग प्रमाणीकरणलाई साउनदेखि पूर्ण रुपमा अनलाइन बनाउने बताउनुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज मन्त्री अर्यालले पदवहाली गरेको सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै एक घण्टाभित्रै श्रम स्वीकृत दिनेलगायतका महत्वपूर्ण कामहरू भएको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले आफू आएपछि श्रम स्वीकृतिका लागि तोकिएको कोटा हटाएर २४ सै घण्टा आवेदन दिन सकिने व्यवस्था मिलाएको, श्रमाधान कल सेन्टर, श्रमाधान अभियानलगायत सञ्चालनमा ल्याइएको बताउनुभयो ।

मन्त्री अर्यालले श्रमिकका समस्या बुझ्न नियमित रुपमा भर्चुअल बैठक बस्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री अर्यालले श्रम क्षेत्रमा नीतिगत तथा कानुनी सुधारमा कामहरू भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा, सीप विकास र तालिमलगायतका क्षेत्रमा पनि थप काम भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया