असार १२, २०८१ बुधबार June 26, 2024

रुसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा

“रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरुले दुई जेल कर्मचारीलाई बन्धक बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, असार २ गते । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ ।

“रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरुले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकको रिहाइका लागि वार्ता भइरहेको छ,” जेल प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रिय समाचार संस्था, तासका अनुसार बन्धक बनाउनेहरु आतङ्कवादको आरोपमा अदालतमा उपस्थित गराउन बाँकी रहेका आइएसका सदस्यमध्ये हुन् ।

जिहादी सङ्गठनले दावी गरेका थुप्रै आक्रमणका लागि रुस लक्षित भएको छ । मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरुले मार्च २२ मा गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो ।

आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया