काठमाण्डौंः अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् ।
अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ।
विभिन्न अपराधमा विदेशी कैँदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उहाँले बताउनुभयो ।
जेल प्रशासनले कैँदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया