श्रावण ४, २०८२ आइतबार July 20, 2025

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राखेपको सम्मान

सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार पाउनेमा १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो।

जसमा १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिमक सदस्यलाई जनही ३ लाख ९० हजार प्रदान गरिएको छ भने चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान गरिएको छ ।

त्यस्तै १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार प्रदान गरिएको छ भने आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद रकम प्रदान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार