असार २८, २०८१ शुक्रबार July 12, 2024

कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात

उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।

यो जितपछि उरुग्वेले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।

उरुग्वेको कोपा अमेरिकामा विजयी शुरुवात

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया