श्रावण ३१, २०८३ आइतबार August 16, 2026

स्वस्थ जीवनशैलीका लागि योग महत्वपूर्ण छ : मुख्यमन्त्री कँडेल

योगका माध्यमबाट स्वस्थ शरीरसँगै स्वस्थ विचारले समाजलाई सुसंस्कृत तथा समुन्नत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ जीवनशैलीका  लागि योगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ ।

पतञ्जलि योग समिति सुर्खेतले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, वीरेन्द्रनगर नगरपालिका र ग्लोबल आईएमई बैङ्कको सहयोगमा दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजित सप्ताह व्यापी बृहत् योग, ध्यान तथा स्वास्थ्य परीक्षण शिविरको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले योगका माध्यमबाट स्वस्थ शरीरसँगै स्वस्थ विचारले समाजलाई सुसंस्कृत तथा समुन्नत बनाउन मद्दत पुग्ने विश्वस्त व्यक्त गर्नु भएको हो ।

उहाँले विज्ञान र प्रविधिको विकासले मानव जीवनमा सकारात्मकसँगै केही नकारात्मक विचारहरू सँगसँगै बोकिरहेकाले योग, ध्यान र आधात्मकताका माध्यमबाट नराम्रा आनीबानी, व्यवहार हटाउँदै अनुशासित जीवन बिताउन मद्दत पुग्ने  बताउनु भयो । नेपाल तपोभूमि र देवो भूमिकारुपमा विश्वसामु चिनिएकाले आयुर्वेदका माध्यमबाट कर्णालीलाई सबल र समृद्ध बनाउन सबै जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।  उहाँले योग र आयुर्वेदका माध्यमबाट स्वस्थ समाज निर्माणका लागि निरन्तर सहकार्य गर्दै सबैसँग हातेमालो गरेर प्रदेश सरकार अघि बढ्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय योग दिवसलाई सप्ताहव्यापी रूपमै मनाउनका लागि  प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर शंकरप्रसाद रिजाल संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनु भयो ।

वीरेन्द्रनगरको खुला चौरमा जारी निःशुल्क योग, ध्यान तथा स्वास्थ्य शिविरमा चर्चित साध्वी देवकृपाले दैनिक करिब एक हजार नागरिकलाई प्रशिक्षण दिइरहनु भएको छ । योग, ध्यान शिविरमा कर्मचारी, राजनीतिक दलका नेता, सुरक्षाकर्मीसँगै आम नागरिकको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार