असार १२, २०८१ बुधबार June 26, 2024

भुवनेश्वरी माविमा अध्ययनरत छात्राहरु काम्न थालेपछि…

विद्यालयमा अध्ययनरत करिब एक दर्जन किशोरीहरुमा काम्ने समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बैतडीको सिगास गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत छात्राहरु काम्न थालेका छन् । गाउँपालिका–५ स्थित भुवनेश्वरी मावि खैरकोटमामा अध्ययनरत छात्राहरु काम्न थालेका हुन् ।

छात्राहरु काम्ने समस्याबाट पीडित बन्न पुगेका विद्यालयका सूचना अधिकारी अमरसिंह धामीले जानकारी दिए । लामो समयदेखि दिउँसोको समयमा एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण विद्यार्थीमा देखा पर्ने गरेको धामीले बताए ।

आइतबार मात्र पाँच जना किशोरीहरुमा यस्तो समस्या देखिएको र एक किशोरी सामान्य घाइते भएको समेत सूचना अधिकारी धामीले बताए । यसले पढाईमा बाधा पुगेको उनले बताए । सो विद्यालयमा अध्ययनरत करिब एक दर्जन किशोरीहरुमा काम्ने समस्या देखा परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया