असार १२, २०८१ बुधबार June 26, 2024

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठुलो असर हुने विश्लेषण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिवुडका दुई ठुला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमने सामने हुने भएका छन् । यस बर्षको क्रिसमस रिलिजमा पुष्पा-२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिवुडमा रहेको छ ।

यस अघि पुष्पा-२ अगस्त १५ मा रिलिज हुने भनिएको भएपनि विविध कारण फिल्मको प्रदर्शन सारिएको छ । अहिलेसम्म आधिकारीक रुपमा घोषणा नगरिएको भएपनि हिन्दुस्तान टाइम्सले पुष्पा- २ क्रिसमसमा रिलिज हुने उल्लेख गरेको छ । यस अघि वेलकम- ३ पनि क्रिसमसमा रिलिज हुने भएको थियो तर वेलकम-३ को निर्माण टिमले सितारे जमिनलाई सोलो रिलिजको अवसर दिदै क्रिसमसमा रिलिज नगर्ने बताएका थिए ।

तर अब भने लाल सिंह चड्डापछि कम्ब्याक गर्न लागेका आमिरलाई पुष्पा-२ पनि साथमा रिलिज हुने चर्चा टाउको दुखाइको विषय बनेको छ । अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठुलो असर हुने विश्लेषण गरिएको छ ।

यस अघि २०२१ को क्रिसमसमा रिलिज गरिएको पुष्पा ले बक्स अफिसमा राम्रो कमाइ गरेका कारण पनि अहिले पुष्पा-२ पनि क्रिसमसमा रिलिज हुने दाबि गरिएको छ । पुष्पा-२ मा अल्लु अर्जुन, रश्मिका मण्डना, विजय सेतुपतिलगायतको अभिनय रहेको छ भने सितारे जमिन परमा आमिर खानका अलावा जिनेलिया देशमुख, दरशील सफारीलगायतको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया