कार्तिक ११, २०८३ बुधबार October 28, 2026

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- ‘मुटु राख… तर निन्द्रा फिर्ता देउ ।’  श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि  ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिटु की स्वीटी’ मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार