कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘पुष्पा २’ डिसेम्बर ६ मा रिलिज हुने

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ।

फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो । फिल्मको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन्।

निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ।

फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ। भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन्।

रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ।

एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो। तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपैयाँसम्म कमाउन सक्ने बताइएको छ।

यसरी हेर्दा रिलिज मिति परिवर्तनका कारण फिल्मले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्टमा रिलिज भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।

चलचित्र पुष्प २ लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिनेछन् ।

यसअघि २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३  करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार