असार १२, २०८१ बुधबार June 26, 2024

निर्जला एकादशी आज : आ-आफ्नो घरको मठमा तुलसीको दल राखिँदै

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राख्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राख्ने गरिन्छ।

यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ। यस अवसरमा देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ : घनश्याम भुषाल, (अन्तवार्ता)
२०८१ असार १२, बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
२०८१ असार १२, बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
२०८१ असार १२, बुधबार
पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’ शिविर
२०८१ असार १२, बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
२०८१ असार १२, बुधबार
उपभोक्ताको स्वास्थ्य र गुणस्तरका बारेमा स्पष्ट धारणा आउनु पर्छ- कांग्रेस
२०८१ असार १२, बुधबार
तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्
२०८१ असार १२, बुधबार