काठमाण्डौः युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो ।
खेलमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ७ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अप्रत्याशित अग्रता दिलाएका थिए
त्यसपछि बेल्जियमले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो । त्यस्तै टोलीले कम्तीमा तीनवटा गोलको सुन्दर अवसर गुमाएको थियो ।
जितपछि ३ अङ्क बटुलेको स्लोभाकिया समूह ई को दोस्रो स्थानमा रहेको छ । गोलअन्तरको आधारमा रोमानिया समूहको शीर्ष स्थानमा छ । यसअघि टोलीले युक्रेनलाई ३–० गोलले हराएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया