असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसँग जोड्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्वविद्यालयको वर्तमान अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नु हुँदै उपकुलपति प्रा.डा.पन्तले अनुसन्धान कार्यलाई थप प्राथमिकता दिइने बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिले गुणस्तरीय शिक्षामा केन्द्रित हुन विश्वविद्यालयको नेतृत्वलाई सुझाव दिनुभयो ।

कार्यक्रममा राजनीति दलका नेताहरूले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।

विश्वविद्यालय स्थापनाका लागि पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवी डिल्लीराज लेखक र लीला ध्वज बस्नेतलाई पनि विश्वविद्यालयले सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षाविद्हरू, राजनीतिक दलका नेताहरू, विभिन्न सङ्घसंस्थाका प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, विश्वविद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू र अभिभावकहरूको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार