असार २८, २०८२ शनिबार July 12, 2025

किशोरीहरूलाई विद्यालयमै आत्मरक्षा तालिम

भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनहरी, असार ४ गते । मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ । किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरूलाई तालिम प्रदान गरिएको हो ।

कैलाश गाउँपालिका-३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । उहाँले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समेट्दै गाउँपालिकाका सबै छात्राहरूलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरूलाई थप सहजता हुने उहाँले बताउनुभयो । “हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई तालिम दिने छौँ”, अध्यक्ष मोक्तानले भन्नुभयो ।” राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । उहाँले छात्राहरूलाई हुनसक्ने धम्की, दुर्व्यवहारलगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताउनुभयो ।

तालिम पश्चात् किशोरीहरूलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उहाँको भनाइ छ । आज वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिम पश्चात् किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बुधबार कैलाश गाउँपालिका-१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार