असार २८, २०८२ शनिबार July 12, 2025

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

मन्दिरमा खानेपानीका साथै आवासको व्यवस्था गर्न भवन निर्माण जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), असार ५  गते ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।

जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले राससलाई जानकारी दिनुभयो । राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर  सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी पुर्याइने उहाँले बताउनुभयो ।

“कुम्भरबाट बर्फानी मन्दिरसम्म पाइप बिछ्याउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “बर्फानी बाबा मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्न ३५ हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण भएको छ ।”

खानेपानीका लागि प्रदेश सरकारको रु ७० लाख बजेटमा काम भइरहेको छ । मुलुकका  विभिन्न स्थानका साथै भारतबाट  पनि बर्फानी बाबाको दर्शन गर्न आउने गरेका छन् । मन्दिरमा खानेपानीका साथै आवासको व्यवस्था गर्न भवन निर्माण जारी छ । राप्ती सोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काले भवन निर्माण अन्तिम चरणमा पुगेको तथा त्यसनिम्ति प्रदेश सरकारले  रु ८० लाख बजेट विनियोजन भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार