असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षाको विकासका लागि एकीकृत कार्यक्रम आवश्यकः मुख्यमन्त्री कँडेल

प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पनि पछि परेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत), ६ असारः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारसँगको सहकार्यमा ‘युनिसेफ र समाज जागरण केन्द्र (स्याक नेपाल)’ले सञ्चालन गर्न लागेको कर्णाली प्रदेशमा शिक्षाको गुणस्तर अभिवृद्धि परियोजनाको प्रदेशस्तरीय सुरुआती बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पनि पछि परेको उल्लेख गर्नुभयो ।

उहाँले अभिभावकहरु कामकाजका सिलसिलामा विभिन्न स्थानमा जाँदा बालबालिका पनि सँगै जाने गरेकाले उनीहरुको पढाइ प्रभावित भएको बताउनुभयो । मुख्यमन्त्री कँडेलले कर्णालीमा शिक्षाको अवस्था विगतभन्दा सुधार हुँदै गए पनि धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुभयो । शैक्षिक गुणस्तर सुधारका लागि कर्णालीमा सञ्चालन गर्न लागिएको परियोजनालाई प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले शिक्षा परियोजनाबाट कर्णालीको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गर्नुभयो । उहाँले कर्णालीको शैक्षिक गुणस्तरका लागि महत्वपूर्ण परियोजना रहेकाले प्रदेशका सबै स्थानीय तहसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले समुन्नत प्रदेश बनाउनका लागि शिक्षामा लगानी अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले शिक्षा परियोजनाबाट प्रदेशको शैक्षिक सूचकमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार