असार २४, २०८२ मंगलबार July 8, 2025

रणभुवनेश्वरीका पूर्व विद्यार्थीले गरे आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । जिल्लाको देवीघाटमा रहेको रणभुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका पुर्वविद्यार्थीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । सो विद्यालयमा २०५६को एस.एल.सी दिएका विद्यार्थीहरुबाट आर्थिक सहयोग प्रदान गरिएको थियो ।

विदुर नगरपालीका वडा नं. ३ स्थीत श्री रणभुवनेश्वरी माध्यामिक विद्यालय एस.एल.सी. ब्याच २०५६ बाट सोही व्याचमा अध्ययन गरेका विदुर–०३ कुमालटारका सुदर्शन वडालको असामयिक निधन भएको र निजको कक्षा ५ र ८मा अध्ययनरत छोरा तथा छोरीको पढाईको लागि सहयोग गर्ने उद्देश्यले . ७ हजार बराबरको शैक्षिक सामग्री (व्याग, विद्यालय पोषाक, कपि, कलमतथाकिताव) र नगद रु. ३० हजार सोही व्याचमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक सहयोग संकलन गरी सोही व्याचका पुष्पराज अधिकारी, चिरन्जीवी अधिकारी, भोजराज पनेरु,दिपक रिमालतथा स्थानीय समाजसेवीहरुको उपस्थितिमा उहाकी श्रीमती भिम कुमारी वडाललाई प्रदान गरिएको थियो ।

साथै आगामीदिनमा“श्री रणभुवनेश्वरी एस.एल.सी. २०५६ विद्यार्थी मञ्च”संस्था स्थापना गरी श्री रणभुवनेश्वरीमाअध्ययनरत गरिव, असहायबालबालीकातथा जेहेन्दार विद्यार्थीहरुको लागिआर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्दै जाने कुरा संस्था स्थापनाको लागि समन्वय गरि रहनुभएका चिरन्जीवी अधिकारीले युगखबरलाई बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार