श्रावण ११, २०८३ सोमबार July 27, 2026

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा अभिव्यक्ति : “नेपालमा जन्मेर मात्र नेपाली हुँदैन”

"नेपालमा जन्मेर मात्रै नेपाली हुँदैन, हामीभित्र नेपाल हुनुपर्छ अनि मात्र हामी सच्चा नेपाली हुन्छौं।"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार २२ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नागरिकताको परिभाषा भावनात्मक र वैचारिक पक्षमा जोड्नु आवश्यक रहेको बताएका छन्। सोमबार निर्मल निवासमा आफ्नो ७९औं जन्मदिनको अवसरमा आयोजित भेटघाट कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “नेपालमा जन्मेर मात्रै नेपाली हुँदैन, हामीभित्र नेपाल हुनुपर्छ अनि मात्र हामी सच्चा नेपाली हुन्छौं।”

पूर्वराजाले आफ्नो जन्मदिनलाई सामान्य रुपमा मनाउने परम्परा अनुसार यस वर्ष पनि शुभकामना दिन आउने सर्वसाधारण, समर्थक र शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरे।

उनले हालको मनसुनको समयप्रति पनि सचेत गराउँदै देशभर बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपहरू हुन सक्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरे। शाहले भने, “यो समय वर्षा र पानीजन्य रोगहरूको उच्च जोखिमको समय हो। सबै दाजुभाइ तथा दिदीबहिनीहरू सजग, सुरक्षित र विचारपूर्वक बस्नुहोला।”

पूर्वराजा ज्ञानेन्द्रले पछिल्ला समयका राजनीतिक वा नीतिगत विषयमा टिप्पणी नगरे पनि उनले व्यक्त गरेका राष्ट्रप्रेम, आत्मबोध र चेतनाको सन्देशपूर्ण भनाइलाई सामाजिक सञ्जाल र सार्वजनिक बहसमा चासोपूर्वक हेरिएको छ।

ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन्, जसले २०६३ सालमा राजतन्त्र अन्त्य भएसँगै सिंहासन त्यागेका थिए। हाल उनी निजी जीवनमा रहेका छन्, तर समय–समयमा सार्वजनिक जीवनमा देखिने र राष्ट्र, राष्ट्रियता तथा सांस्कृतिक मूल्यमा जोड दिने अभिव्यक्ति दिने गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार