फागुण २, २०८१ शुक्रबार February 14, 2025

मुख्यसचिवको दौडमा को को छन् ?

वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ ।

हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल  मुख्यसचिवको प्रतिस्पर्धामा छन् । वरियताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।

सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन् ।

मूख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मूख्य सचिवको जिम्मेवारी पाउनेछन् । प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।न्यूजकारखा.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा शुरु
२०८१ फागुण २, शुक्रबार
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु
२०८१ फागुण २, शुक्रबार