असार २२, २०८२ आइतबार July 6, 2025

लिभरपुललाई म्यानचेस्टर सिटीले ‘गार्ड अफ अनर’ दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रिमियर लिग च्याम्पियन टिम लिभरपुललाई म्यानचेस्टर सिटीले ‘गार्ड अफ अनर’ दिने भएको छ । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएको हो ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले इतिहाद स्टेडियममा जुलाई ३ मा लिभरपुलसँग खेल्नेछ । उक्त खेलअघि सिटीले नयाँ लिग च्याम्पियनलाई ‘गार्ड अफ अनर’ दिने निश्चित भएको ग्वार्डिओलाले बताएका छन् ।

‘हामी गार्ड अफ अनर दिने छौँ । पक्कै पनि । लिभरपुल यसका लागि हकदार छ । हामीले सधै प्राप्त गर्दै आएका छौँ । जब उनीहरु हाम्रो मैदान आउने छन् । अविश्वसनीय हुनेछ उनीहरु गुनासो गर्दैनन्,’ ग्वार्डिओलाले भने ।

लिग अन्तर्गत बिहिबार राति सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले लिगको उपाधि जितेको थियो । लिभरपुलले ३० वर्ष पछि पहिलो पटक लिगको जितेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया