असार १५, २०८१ शनिबार June 29, 2024

एसइईको नतिजा आज सार्बजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धान उत्पादन बढाउन आजको आवश्यकता : राष्ट्रपति पौडेल
२०८१ असार १५, शनिबार
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
२०८१ असार १५, शनिबार
अब देशले संघीयता थेग्नै सक्दैन : चित्रबहादुर केसी
२०८१ असार १५, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०८१ असार १५, शनिबार
अजरबैजान राष्ट्रपतिद्वारा तत्काल संसदीय निर्वाचन आह्वान
२०८१ असार १४, शुक्रबार
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल नियुक्त
२०८१ असार १४, शुक्रबार
बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामकाे ज्ञापनपत्र
२०८१ असार १४, शुक्रबार