असार २२, २०८२ आइतबार July 6, 2025

भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल बहादुर सिंह नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्ले भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल बहादुर सिंहलाई नियुक्त गरेको छ । राखेपको अघिल्लो सदस्य सचिव स्तरीय निर्णयानुसार असार १० गतेदेखि लागु हुने गरि सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रम्ह स्र्पोट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकैनै राम्रा खेलाडीमा गनिन्थे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया