भाद्र २८, २०८३ आइतबार September 13, 2026

सुनको मूल्य महङ्गियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाईरसका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा महङ्गिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोवार भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएको छ। एक तोला चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ तोकिएको छ।

कोभिड-१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया