काठमाण्डाैः नागरिकता विधेयक खारेजीको माग गर्दै जनकपुरधाममा महिला संघले बिरोध प्रदर्शन गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भगिनि संगठन नेपाल महिला संघले विदेशी बुहारीलाई सात वर्ष पछि मात्र नागरिकता दिने बिधेयको बिरोधमा आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो।
नेपाली काँग्रेसको पार्टी कार्यालय धनुषाबाट निकालिएको विरोध र्याली जनकपुरको क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।
बिरोध प्रदर्शन पश्चातआयोजित कोण सभामा बोल्दै नेपाल महिला संघकी क्षेत्रिय सचिव सम्झना वर्माले सत्तारुढ नेकपाको पछिल्लो निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाइन्। उनले उक्त विधेयक तत्काल खारेज नगरिए कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइन्।
प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया