असार १६, २०८१ आइतबार June 30, 2024

भुवनेश्वरी माविका छात्राहरुमा कन्भर्सन डिसअडरको समस्या

१२ बजेको समयमा किशोरीहरु काम्ने, झम्टिने र भागदौड, भीरमा पुगेपछि फर्काउनै मुस्किल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी । बैतडीको सिगास गाउँपालिका वडा न. ५ स्थीत भुवनेश्वरी माविका छात्राहरुमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ । विद्यालयका करिव १ दर्जन किशोरीहरुलाई दिउसोको समयमा काम्ने, झम्टीने र भागदौड गर्ने गरेकाछन् ।

उनिहरुलाई दिउँसोको १२ बज्नुभन्दा केहि समय अगाडी यो समस्या देखिने गरेको छ । उनिहरुलाई यो समयमा सम्हाल्नै मुस्कील पर्ने गरेकोछ । निकै भयानक रुपले प्रस्तुत उनिहरुलाई नियन्त्रणमा लिन बिद्यालयका शिक्षकशिक्षीका र विद्यार्थीहरुले निकै मेहेनत गर्नुपर्छ ।

१२ बर्ष पहिल्यैदेखि यस बिद्यालयका छात्राहरुमा यो समस्या देखिन सुरु भएको हो । यसबर्ष भने जेठ महिनाको २६ गतेबाट यस्तो समस्या देखिएको हो । जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुबिर सिंह धामी बताउछन् । दैनिक नयाँ नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उनले बताए । यो समस्या देखिनेमा कक्षा ७, ८ र ९ का छात्राहरु रहेकाछन् । छात्राहरुलाई समस्या देखिएको अवधीमा केहिपनि होस नहुने कक्षा ९ की छात्रा बसन्ती धामीले बताइन् । उनले भनिन्,‘सबैभन्दा पहिला खुट्टा काम्छन्, त्यसपछि माथीमाथी सर्दै जान्छ र अन्तीममा बेस्सरी टाउको दुख्छ र छटपटाहट सुरु हुन्छ, छटपटाउन थालेपछि केहि होस हुदैँन् ।’

कम समस्या भएको अवस्थामा अलिअलि जानकारी हुने गरेपनि बढी छटपटाहट भैरहेको अवस्थामा भने केहिपनि थाहा नहुने गरेको कक्षा ७की छात्रा की छात्रा ललिता धामीले बताइन् । यस समयमा उनिहरु दौडेर भिरमा समेत पुग्ने गरेकाछन् । अरु व्यक्तिहरु उनिहरुको नजिक गएपछि वा फोटो खिच्छ थालेपछि झम्टीन आउने गर्दछन् । यो समयमा उनिहरुलाई एकान्त कोठामा छाडेपछि आधाघण्टा भित्रमा निको हुने गरेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले बताए ।

गत जेठ ३० गते यसै बिद्यालयकी छात्रा संगिता धामीलाई प्रधानाध्यापकले कुटेको भन्ने समाचारहरु समेत आएको थिए । तर प्रधानाध्यापकले कुटेको कुरा सत्य नभएको विद्यालयको दावी छ । त्यस दिन समेत संगिता सहितका छात्राहरु बेहोस भएकै कारण सम्हाल्न खोज्दा कुटपीटको हल्ला फैलाएको विद्यालय परिवारको भनाई छ ।

कक्षा ९की संगितालाई उपचारका लागि डडेल्धुरा हुदैँ धनगढीसम्म पु¥याइयो संगिताका परिवारका अनुसार हेडमास्टरले पाइपले कुटेको दावी गरेको छ ।

यस विद्यालयका किशोरीहरुमा देखिएको समस्याका बिषयमा पत्रकारहरुले समाचार प्रकाशन-प्रसारण गरेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको थियो । गाउँपालिकाले जिल्ला अस्पताल बैतडीलाई चिठि पठायो । अस्पतालमा कार्यरत मनो सामाजिक विमर्शकर्ताहरु ५ दिनको योजना बनाउदैँ भुवनेश्वरी माविमा पुगे ।

उनीहरु भने विद्यालयबाटै असहयोग भएको भन्दै फर्किएकाछन् । मनोविमर्शकर्ता तारा भट्टले भनिन्, ‘हामीले सबैभन्दा पहिला शिक्षकशिक्षिकाहरुका लागि कक्षा संचालन ग¥यौँ, त्यसपछि समस्या देखिने गरेका विद्यार्थीहरुलाई कक्षामा सहभागी गरायौँ, सोहि समयमा पुनः समस्या देखियो र उनिहरु विद्यालयबाटै भागेर भीरपाखा तर्फ दौडिए ।

अन्तमा शिक्षकहरुले धार्मीक रुपमै ठिक गर्ने बताएपछि हामी फर्किन बाध्य भयौँ ।’ यो समस्यालाई तान्त्रीक कुराहरु संग समेत जोडेर हेर्ने गरिएको छ । गाउँघरमा बैना कामेको भन्ने गरिएको छ । कतै आचँली लागेको भन्छन् भने कतै बैना कामेको भन्ने गरिन्छ । उनिहरु धामीझाक्री बाटै यो समस्याको समाधान हुनेमा विश्वास गर्दछन् ।

एकपटक आएर फर्किएका मनोसामाजिक विमर्शकर्ताहरु फर्केपनि पुनः बिमर्शकर्ताहरु बोलाउने तयारी भैरहेको सिगास गाउँपालिकाले जनाएको छ । विद्यालयका किशोरीहरु काप्ने समस्या संचारमाध्यममा आएपछि काठ्माण्डौँबाट निशुल्क रुपमा आउन मनोविमर्शकर्ताहरु सम्पर्कमा आएकाले उनिहरु बोलाएर समस्या समाधान गरिने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । राजधानी/सीपी लोहिया

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार